अमेरिकी राष्ट्रपति वाइडेनलाई रुसी राष्ट्रपति पुटिनले गरे फोन

युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । 

दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ ।  

राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए । 

यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो । क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनेले गरेको उल्लेख गरिएको छ । 

यसअघि नै ह्वाइट हाउसका एक अधिकारीले दुई देशका बीचमा सुरक्षा र युरोपको स्थितिबारे छलफल हुने जनाएको बिबिसीले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार २१:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया