कतारमा बिनामास्क बाहिर हिँडेमा ५० कतारी रियाल अर्थात् १ हजार ६३५ नेपाली रुपैयाँ तिर्नुपर्ने भएको छ । फेरि कोरोना संक्रमित बढ्न थालेपछि कतारले शुक्रबारदेखि बिनामास्क घरबाहिर निस्किएमा जरिवाना स्वरूप ५० रियाल जरिवाना तोकेको हो ।
६ वर्षमाथि उमेरका सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न आह्वान गर्दै यहाँको जनस्वास्थ्य मन्त्रालयले बिनामास्क भेटेमा पहिलोपटक ५० र दोहोर्याएमा १०० रियालसम्म जरिवाना गराउने जनाएको छ ।
मन्त्रालयका अनुसार सबै बन्द र खुला सार्वजनिक स्थानहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ ।
‘जनसंख्याको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न र कोभिड–१९ को फैलावट कम गर्न सबै बन्द तथा खुला सार्वजनिक स्थलहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ,’ जनस्वास्थ्य मन्त्रालयले ट्विटरमाफत् भनेको छ ।
कतारमा पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा कतारमा एक संक्रमितको मृत्यु हुँदा १६२ जना संक्रमणमुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।