रोनाल्डो चम्किँदा म्यानचेस्टरको शानदार जित
फरकधार / १६ पुस, २०७८

इंग्लिस प्रिमियर लिगअन्तर्गत बर्नलीविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले ३–१ को सहज जित निकालेको छ ।



गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डो र स्कट म्याक टोमिनेले एक/एक गोल गरे । एक गोल भने युनाइटेडले आत्मघाती उपहार पाएको थियो । 

बर्नलेका लागि आरोन लेननले एक गोल फर्काए । म्यानचेस्टरको जितमा रोनाल्डोको एक गोलका साथै एक असिस्ट पनि दिएका थिए । खेलमा चारै गोल पहिलो हाफमा भएका थिए । 



यो जितसँगै युनाइटेड १८ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । बर्नली भने ११ अंकका साथ १८ औं स्थानमा छ ।  



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ८:२०:४४,   अन्तिम अपडेट : पुस १६, २०७८ शुक्रबार ८:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया