हुस्सुले अवतरण हुन नसकेपछि आकाशमा घुम्दै कुवेतबाट आएका जहाज

मौसम खराबीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ ।​ बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन नसकेको हो ।

कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा एक घण्टादेखि फन्को लगाइरहेका छन् । जजिराको जहाजले आकाशमा १५ पटकभन्दा धेरै फन्को लगाइसकेका छन् । 

विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् । 

विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।  





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ९:१३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया