कोरोना पोजेटिभ भएको थाहा पाएपछि एक महिलाले बिताइन् जहाजको शौचालयमा पाँच घन्टा

अमेरिकाको  एक विद्यालय शिक्षिकाले यात्रा गर्ने क्रममा कोरोना पोजेटिभ भएको थाहा पाएपछि जहाजको शौचालयमा पाँच घन्टा बिताएकी छन् । उनले आफूखुसी नै शौचालयमा पाँच घन्टा बिताएकी हुन्। 

ती शिक्षिकाको नाम हो- मारिया फोशियो । डिसेम्बर २० मा उनी सिकागोबाट आइसल्यान्ड जाँदै थिइन् । सोही क्रममा उनको घाँटी दुख्न थाल्यो । उनको साथमा भएको र्‍यापिड टेस्ट किटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो ।

पोजेटिभ देखिएपछि उनले आफूलाई आइसोलेसनमा राख्ने फैसला गरिन् र यात्राको बाँकी समय शौचालयमा बिताइन् ।

मारिसाले भनिन्, ‘त्यो पागल बनाउने अनुभव थियो । फ्लाइटमा १५० मानिस थिए । मलाई उनीहरू पनि कतै संक्रमित हुने हुन् कि भन्ने डर थियो । त्यसैले म विमानको शौचालयमा पाँच घन्टा बसेँ ।’

उनले शौचालयमा बसेको बेला आफूलाई कुनै पनि कुराको असुविधा नभएको पनि बताइन्। 

उनी आइसल्यान्डमा उत्रिएर रेड क्रस होटलमा आइसोलेसनमा बसेकी थिइन्।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार ९:५८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया