अस्ट्रेलियन ब्याटर ट्रभिस हेडले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजअन्तर्गत चौथो खेल गुमाउने भएका छन् ।
क्रिकेट अस्ट्रेलियाले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण पुष्टि भएका कारण हेडले चौथो टेस्ट गुमाउने जनाएको हो । उनी कम्तीमा पनि ७ दिन आइसोलेसनमा बस्नेछन्।
हेडले यसअघिका तीन टेस्टमा ६२ को औसतमा २४८ रन बनाएका छन् । क्रिकेट अस्ट्रेलियाले यी २८ वर्षीय ब्याटर ब्रिसबनमा हुने पाँचौं तथा अन्तिम टेस्टका लागि भने उपलब्ध हुने विश्वास लिएको छ ।
घरेलु टोली अस्ट्रेलियाले ३-० को अग्रता लिँदै ५ खेलको सिरिजमाथि कब्जा जमाइसकेको छ । चौथो पाँच टेस्ट जनवरीदेखि सिड्नी क्रिकेट मैदानमा हुनेछ ।
त्यस्तै इंग्ल्यान्डका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले पनि परिवारको सदस्यमा कोरोना पुष्टि भएपछि चौथो टेस्ट गुमाउने भएका छन् । उनी कम्तीमा पनि १० दिन आइसोलेसनमा बस्नु पर्ने भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।