ए डिभिजन लिग : एपिएफसँग बराबरीमा रोकियो आर्मी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारको निकै रोमाञ्चक विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लबले एपिएफ फुटबल क्लबसँग बराबरी खेलेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले १-१ को बराबरी खेलेका हुन् । 

सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी अंक बाँड्न बाध्य बन्यो । खेलको ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले दिनेश हेन्जनको पासमा गोल गरेको हुन् ।

६७औं मिनेटमा विकी तामाङले गोल गर्दै एपिएफलाई बराबरीमा ल्याए । उनले कप्तान नविन लामाको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए पनि रिबाउन्ड बललाई पोस्टको दिशा दिएका थिए ।

यो नतिजासँगै ७ खेलमा ११ अंक जोडेको आर्मी चौथो र एपिएफ ६ अंकका साथ ११औं स्थानमा कायम छन् ।  





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया