दक्षिण अफ्रिकाको विश्वास– कोरोनाको चौथो लहर टर्यो

दक्षिण अफ्रिकी अधिकारीहरुले देशमा कोरोनाभाइरसको चौथो लहर अब टरेको हुनसक्ने विश्वास गरेका छन् । पछिल्लो समय विश्वमा सबैभन्दा बढी चिन्ताको विषय भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिएको थियो ।

अब त्यहाँ कोरोना संक्रमित भेटिने संख्या कम हुँदै गएपछि दक्षिण अफ्रिकाले रातमा लगाएको कर्फ्यूलाई पनि अहिलेलाई रोकेको छ । 

पछिल्लो समय ओमिक्रोनका संक्रमित निकै धेरै भेटिए पनि दक्षिण अफ्रिकामा यसका कारण अस्पताल भर्ना हुने वा ज्यान गुमाउनको संख्याभन्दा अघिल्ला सन्दर्भभन्दा कम भएको थियो ।

२५ डिसेम्बर यता त्यहाँ ओमिक्रोन संक्रमितको संख्या घट्दै जान थाले पछि दक्षिण अफ्रिकाका अधिकारीहरुले अब कोरोनाको यो लहरको चिन्ता कम हुन थालेको बताएका हुन् ।

दक्षिण अफ्रिकाका अधिकारीहरुले पछिल्लो समय त्यहाँ राति सञ्चालन हुने रेष्टुरेन्टहरु पनि खोल्ने अनुमति दिएका छन् ।





  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया