देशभर थपिए २३५ कोरोना संक्रमित, ४ जनाको मृत्यु
फरकधार / १६ पुस, २०७८

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा २१२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ८ लाख ११ हजार ९५८ कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।



त्यस्तै, आज चार संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ । मृत्यु हुने दर १.४ प्रतिशत रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८ ७९ रहेको मन्त्रालयको भनाइ छ ।



  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १५:५९:१९,   अन्तिम अपडेट : पुस १६, २०७८ शुक्रबार १६:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया