ए डिभिजन लिगअन्तर्गत शुक्रबारको खेलमा न्यु रोड टिम (एनआरटी) विजयी भएको छ ।
एनआरटीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लबमाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो ।
एनआरटीको जितमा मेसुके ओलोमोउले २ र स्टेफन समीर बिनोङले १ गोल गरे ।
फ्रेन्ड्सका लागि जोमोउल एन्थोनी र नाथनियल गार्सियाले १-१ गोल फर्काए ।
खेलको पाँचौ मिनेटमै स्टेफनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
२० औं मिनेटमा मेसुकेले टोलीको अग्रता दोब्बर बनाए ।
८१ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
अन्त्यतिर भने खेलले नाटकीय रूप लिएको थियो ।
थप गरिएको समयमा ओलोमोउले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई ३-१ ले अगाडि बढाए ।
थप गरिएकै समयमा गार्सियाले खेललाई ३-२ को अवस्थामा ल्याएपछि एनआरटीले रोमाञ्चक जित हात पार्यो ।
यो जितसँगै ७ खेलमा १० अंक जोडेको एनआरटी लिगको पाँचौ स्थानमा उक्लिँदा फ्रेन्ड्स ३ अंकका साथ अन्तिममा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।