यु- १९ एसिया कपकाे उपाधि भारतले जित्यो

एसिसी यु-१९ एसिया कपकाे उपाधि भारतले हात पारेकाे छ ।

भारतले शुक्रबार भएकाे फाइनलमा श्रीलंकालाई हराउँदै आठाैंपटक यु-१९ एसिया कपकाे उपाधि उचालेकाे हाे ।

वर्षाले प्रभावित भएपछि ३८ ओभरमा झारिएकाे खेलमा डकवर्थ लेविस पद्धतिअनुसार भारतले १०२ रनकाे लक्ष्य प्राप्त गरेकाे थियाे ।

उत्त लक्ष्य भारतले २१.३ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायाे ।

भारतका लागि अविजित रहेका अंक्रिस रधुवंशीले ५६ र शइक राशिदले ३१ रनकाे याेगदान दिए ।

६७ बलकाे सामना गरेका रधुवंशीले ७ चाैका प्रहार गरे । 



श्रीलंकाका लागि एक मात्र विकेट यासिरु रोड्रिगोले लिए ।

यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएकाे थियाे ।



श्रीलंकाका लागि यासिरु रोड्रिगोले अविजित रहँदै सर्वाधिक १९ रन जाेडे ।

रभिन डी सिल्भाले १५ तथा सदिशा राजापाक्षे र मथिस पाथिरानाले १४-१४ रन बनाए ।

भारतका लागि विक्की ओस्तवालले ३, कुशल ताम्बेले २ तथा राजविन्दर हन्गर्गकर, रविकुमार र राज बावले १-१ विकेट हात पारे ।

  • प्रकाशित मिति : पुस १६, २०७८ शुक्रबार १९:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया