काेराेना भाइरसबाट कुन देशमा कतिकाे मृत्यु ?

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५४ लाख ३४ हजार ९९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २८ करोड ७९ लाख १० हजार ४१७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ८ लाख २५ हजार ४७७  जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख १९ हजार ३३४ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ८१ हजार ८० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ९९ हजार २८५, पेरुमा २ लाख २ हजार ६५३, रुसमा ३ लाख २ हजार ६७१, बेलायतमा १ लाख ४९ हजार ९६, इटालीमा १ लाख ३७ हजार ४०२ र  कोलोम्बियामा १ लाख २९ हजार ९४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार ७:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया