रुसले गर्यो हाइपरसोनिक मिसाइलको परीक्षण

रुसले हाइपरसोनिक क्रुज मिसाइलको परीक्षण गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसले शुक्रबार करिब १० हाइपरसोनिक क्रुज मिसाइलको परीक्षण गरेको हो । 

यसका साथै पनडुब्बीबाट पनि दुई हाइपरसोनिक मिसाइलको परीक्षण गरेको थियो।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यी अत्याधुनिक हतियार नयाँ पिँढीको हिस्सा बन्ने बताएका छन् । 
यसभन्दा पहिला राष्ट्रपति पुटिनले पछिल्लो साता गरिएको मिसाइल परीक्षणलाई देशको एक महत्वपूर्ण र ठूलो घटनाको रूपमा लिएका थिए ।

यद्यपि केही विशेषज्ञले भने हतियारलाई लिएर प्रश्न उठाएका छन् ।

सन् २०१८ मा पुटिनले हाइपरसोनिक क्रुज मिसाइल विश्वको कुनै पनि बिन्दुलाई लक्ष्य बनाउन सक्ने बताएका थिए । 

पछिल्लो समय विभिन्न देशहरूबीच मिसाइल परीक्षणको होडबाडी चलिरहेको छ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार ८:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया