भारतकाे जम्मु काश्मिरस्थित माता वैष्णोदेवी मन्दिर परिसरमा श्रद्धालुको भीडको कारण भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ । यसैगरी २० जना घाइते भएका छन्।
समाचार एजेन्सी एएनआईका अनुसार घटना आज बिहान ढाइ बजे घटेको हो ।
एक विवादका कारण एकले अर्कालाई धक्का दिएको र यसैबाट भागदौडको स्थिति आएको जम्मु काश्मिरका डिजिपी दिलबाग सिंहले बताए ।
मारिएका मानिस दिल्ली, हरियाणा, पन्जाब र जम्मु काश्मिरका रहेका छन् । घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन । घाइतेहरूलाई अस्पताल लगिएको छ।
जम्मु काश्मिरका उपराज्यपाल मनोज सिन्हाले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै परिवारजनलाई दस-दस लाख रुपैयाँ र घाइते भएकाहरूको उपचारका लागि दुई लाख सहयोग गर्ने घाेषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।