भारतमा ओमिक्रोन संक्रमितको संख्या १४३१ पुग्यो
फरकधार / १७ पुस, २०७८

भारतले पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका १६१ नयाँ सक्रमित भेटिएका छन् । योसँगै देशमा ओमिक्रोन संक्रमितको कुल संख्या १ हजार ४३१ पुगेको छ ।



केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २३ राज्य र केन्द्र शासित प्रदेशमा ओमिक्रोनका १ हजार ४३१ संक्रमित भेटिएका हुन् । तीमध्ये ४८८ जना संक्रमणबाट निको भएका छन् ।

ओमिक्रोनको संक्रमण महाराष्ट्र र दिल्लीमा सबैभन्दा बढी छ । महाराष्ट्रमा हालसम्म ४५४ ओमिक्रोन संक्रमितहरू भेटिएका छन् । योसँगै दिल्लीमा ओमिक्रोन संक्रमित बढेर ३५१ पुगेका छन् ।

केरलामा ११८ ओमिक्रोन संक्रमित भेटिएका छन् । यो ओमिक्रोनबाट तेस्रो सबैभन्दा प्रभावित राज्य हो र गुजरात ११५ संक्रमितसहित चौथो राज्य हो ।



भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७५ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७ सय ८१ रहेको छ ।

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १४:१४:५९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया