दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन-हेलाई वर्तमान राष्ट्रपति मुन जे-इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।
भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ ।
सन् २०१९ मा काँधको शल्यक्रिया गरेपछि ६९ वर्षीया वृद्धले अर्को वर्ष फेब्रुअरी २ सम्म अस्पतालमा उपचार गर्ने योजना बनाएकी थिइन् ।
एक हप्ताअघि न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो ।
पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो र भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त भएकी हेले २०१७ देखि सजाय भोग्दै आएकी थिइन् ।
ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको हो ।
पार्कलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिइए पनि अन्य विशेषाधिकारहरू भने दिइने छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।