२०२२ मा किम जोङको ध्यान अमेरिका र आणविक बममा नभई यी विषयमा हुनेछ

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो शासनकालको १० वर्ष पूरा गरेको अवसरमा शनिबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा आणविक हतियार वा अमेरिकाभन्दा पनि घरेलु विकास, कारखाना र विद्यालय पोसाकबारे उनले आफ्नो धारणा राखेका थिए । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले यो जानकारी दिएको हो ।

शुक्रबार कोरिया वर्कर्स पार्टीको आठौं केन्द्रीय समितिको बैठकको अन्त्यमा दिएको भाषणमा किम जोङले सन् २०२२ मा उत्तर कोरियाको मुख्य लक्ष्य आर्थिक विकास र जनताको जीवनमा सुधार रहेको बताए । किनकि यहाँ मानिसहरू जीवन र मृत्युका बीचमा संघर्ष गरिरहेका छन् ।

सोमबारदेखि आठौं केन्द्रीय समितिको बैठक चलिरहेको थियो । सन् २०११ मा बुबाको निधनपछि किम जोङको नेतृत्वको १० वर्ष पूरा भएको अवसरमा उक्त बैठक आयोजना गरिएको हो ।

किम जोङले नयाँ वर्षको अवसरमा दिने विगतका भाषणमा दक्षिण कोरिया र अमेरिकासँग सम्बन्धित महत्त्वपूर्ण नीतिगत घोषणा गर्ने गर्थे ।

तर, उत्तर कोरियाली मिडियाका अनुसार यसपटक किम जोङले अमेरिकाको नाम लिएनन् । बरु उनी यसपटक घरेलु समस्यामा केन्द्रित भए । यसरी घरेलु मामिलामा केन्द्रित हुनुले उत्तर कोरियामा आर्थिक समस्या रहेको झल्काउँछ ।



'हामीले आगामी वर्ष जनतालाई पञ्चवर्षीय योजना कार्यान्वयनको ग्यारेन्टी दिनुपर्छ र राष्ट्रिय विकास र जनताको जीवनमा उल्लेखनीय परिवर्तन ल्याउनु पर्छ,' किम जोङले भने ।

आफ्नो भाषणको अधिकांश भागमा उनले ग्रामीण विकासका लागि आफ्नो महत्वाकांक्षी योजना, मानिसहरूलाई खानेकुराको आवश्यकता, विद्यालय पोसाक र 'गैर-समाजवादी प्रथा" लाई तोड्नुपर्ने आवश्यकताबारे कुरा गरेका थिए ।



उत्तर कोरियाले महामारी रोक्नका लागि आफ्नो सिमानामा लगाएको तालाबन्दीले आफूलाई बाँकी विश्वबाट पूर्ण रूपमा अलग गरेको छ ।

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १४:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया