ए डिभिजन लिग : थ्रीस्टारको रोमाञ्चक जित
फरकधार / १७ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ ।



थ्रीस्टारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लबमाथि  २-१ को  रोमाञ्चक जित हात पारेको हो ।



थ्रीस्टारको जितमा आयुष घलान  र रितिककुमार खड्काले १-१ गोल गरे ।



जावलाखेलका लागि निकोलस फर्नान्डेजले १ गोल फर्काए ।



खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।

२६ औँ मिनेटमा रितिकले टोलीको अग्रता दोब्बर बनाए ।



५५ औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै जावलाखेललाई २-१ को अवस्थामा ल्याए ।

त्यसपछि  दुवै टोलीबाट गोल हुन नसक्दा थ्रीस्टार विजयी भएको हो ।



यो जितसँगै ७ खेलमा १० अंक जोडेको

थ्रीस्टार  लिगको पाँचौं स्थानमा उक्लिँदा जावलाखेल ७ अंकका साथ नवौं स्थानमा छ ।

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १४:५९:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया