logo-img

राष्ट्रियसभा निर्वाचन : उम्मेदवार हुने चाहना तर खुल्न नसकेका दुई नेता

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने चाहना बागमती प्रदेशका कांग्रेस नेताहरूले व्यक्त गर्न थालेका छन् । प्रदेशमा २ सिटका लागि निर्वाचन अबको २६ औँ दिनमा हुँदै छ ।

निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली शनिबार प्रकाशन गर्दैछ । यसरी निर्वाचनको तयारी आयोगले गरिरहँदा दलका तर्फबाट नेताहरूले उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्न थालेका हुन् ।

कांग्रेसबाट दुई नेताको नाम चर्चामा छ । ती हुन् जगदीश्वर नरसिंह केसी र कृष्णसबुज बानियाँ । केसी बागमती प्रदेशको सभापतिमा संस्थापन पक्षका ईन्द्र बानियाँसँग पराजित नेता हुन् । उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।

उनले पार्टीलाई दुईमध्ये एक सिट प्राप्त भयो र पार्टी नेतृत्वले राष्ट्रियसभामा आवश्यकता महसुस गरेको अवस्थामा उम्मेदवार हुने फरकधारलाई बताए ।

केसी कांग्रेसमा संस्थापनइतर पक्षका नेता मानिन्छन् ।

अर्का नेता बानियाँ काठमाडौं जिल्ला सभापति हुन् । उनी १३ मंसिरमा भएको जिल्ला अधिवेशनबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता उपेन्द्र कार्कीलाई पराजित गर्दै सभापति दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।



उनले पार्टीले सिट पाएर टिकट दिए 'नो' भन्न नमिल्ने बताए ।

कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका राधेश्याम अधिकारीको कार्यकाल २० फागुनमा सकिँदैछ । एकीकृत समाजवादीकी राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलको पनि पदावधि सोही मितिमा सकिँदै छ ।



उनीहरू २०७४ मा चार बर्से कार्यकालका लागि राष्ट्रियसभा सदस्य पदमा चुनिएका थिए ।

सदस्यद्वय अधिकारी र पौडेलका स्थानमा १२ माघमा निर्वाचन हुने भएको छ । तर, पाँच दलीय गठबन्धनमा भागबण्डा बाँकी छ ।

भागबण्डाको क्रममा कांग्रेसले बागमती प्रदेशमा सिट पाउला कि नपाउला यकिन छैन । यस कारण पनि उनीहरू खुल्न सकेका छैनन् ।

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया