देशभर थपिए ३८३ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३८३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९५९ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै आज २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ लाख १२ हजार २१० पुगेको छ ।

आज कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण अहिलेसम्म ११ हजार ५९४ जनाले ज्यान गुमाएका छन् ।

देशभर ४ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १६:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया