जनकपुरधाममा भारतीय पर्यटकको घुइँचो

अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२२ मनाउन जनकपुरधाममा भारतीय नागरिकको घुइँचो लागेको छ । उनीहरु जानकी मन्दिरमा दर्शन गर्नुका साथै बजारमा घुमफिर गर्न आएका छन् ।
 
कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको अन्तर्राष्ट्रिय नयाँ वर्षमा यसवर्ष भने कोरोना संक्रमण कम रहेकोले भारतीय पर्यटकहरु जनकपुरधाम आएका हुन् । भारतको विहार र नेपालका आन्तरिक पर्यटकसमेत जानकी मन्दिरमा आएका छन् ।

विश्वभरका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरधाम आज भारतीय नागरिक र भारतीय नम्बर प्लेटका गाडीहरुले भरिभराउ देखिएको छ ।

भारतको मधुवनीबाट यहाँ आएका मनोज यादवले नयाँ वर्षको सुरुआत जानकी मन्दिरमा पूजा गर्दा झन् राम्रो हुने भएकोले आफूहरु स–परिवार यहाँ पूजापाठका लागि आएको बताए ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले अंग्रेजी नयाँ वर्षमा यसपटक अत्यधिक संख्यामा दर्शनार्थी आएको बताए । दासले नयाँ वर्षमा पहिले माछा, मासु, मदिरा सेवन गरेर मनाउने गरे पनि अहिले आएर पूजापाठ गरेर पनि नयाँ वर्ष मनाउन थालिएको प्रति खुसी व्यक्त गरेका छन् । 

उनले भने, ‘माछामासु र मदिराले हिंसा हुने सम्भावना हुन्छ । यसले संस्कारको पनि बोध गराउँदैन्, एउटा संस्कारमा आउनु ठूलो उपलब्धि हो ।’

नगरको रंगभूमि मैदान, जानकी मन्दिर आसपासका क्षेत्र, शिवचोक, भानुचोक, रामचोक, विद्यापति चोकलगायत स्थानमा भारतीय गाडीको लाइन नै लागेको देखिएको छ ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १७:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया