नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले चौतर्फी घेराबन्दीमा परेको बताएका छन् । एमालेको बढ्दो लोकप्रियताका कारण ऊविरुद्ध गठबन्धन भएको उनले दाबी गरे ।
शनिबार एमाले बाँकेले नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘जनताले एमालेलाई रुचाएका कारण अन्य दलले एमालेसँग एक्लै चुनाव लड्न सक्ने अवस्था छैन, एकप्रकारले पार्टीविरुद्ध घेराबन्दी छ र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको छ ।’
आफ्नो पार्टीलाई एक्लो बनाउने प्रयास भएको उनको भनाइ छ । एमालेले जनता, राष्ट्र र परिवर्तनको पक्षमा राम्रो काम गरेको दाबी गर्दै महासचिव पोख्रेलले एमालेलाई रोक्न गठबन्धन र घेराबन्दी भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।