सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे खेलमा संकटा क्लब च्यासल युथ क्लबसँग बराबरीमा राेकिएकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुवै टाेलीले गाेलरहित बराबरी खेलेका हुन् ।
खेलमा राम्रो पकड जमाए पनि गाेल गर्न नसक्दा संकटा अंक बाँड्न बाध्य बन्याे ।
खेलकाे १० औं मिनेटमा फाेडे फाेफनाकाे प्रहार फस्ट बारमा लागेर फर्कदा संकटा अग्रता लिनबाट चुक्याे ।
७४ औं मिनेटमा नीरज बस्नेतकाे प्रहारलाई च्यासलका डिफेन्डरले गाेल लाइनबाट बचाए ।
च्यासलले पनि पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन ।
याे बराबरीसँगै ७ खेलमा १३ अंक जाेडेकाे संकटा तेस्रो र ५ अंकका साथ च्यासल १३ औं स्थानमा यथावत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।