माओवादीको बन्‍दसत्र भोलि १ बजेसम्मका लागि स्थगित

नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र स्थगित भएको छ । माओवादीको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

केन्द्रीय समिति सहमतिका आधारमा बनाउन माओवादी केन्द्रका नेताहरू बन्दसत्रका कार्यक्रमलाई स्थगित गरेर छलफलमा जुटेका हुन् । 

नेता हरिबोल गजुरेलले सहमतिको प्रयासका लागि बन्दसत्र स्थगित भएको बताए । उनले केही नेताको नाम टुङ्गिएको र थप टुङ्ग्याउन बाँकी रहेकामा छलफल चलिरहेको उनको भनाइ छ । भोलि बन्दसत्रमा सूची प्रस्तुत गर्ने गरी छलफल भइरहेको पनि उनले जनाए ।

आज दिनभर जसो सहमतिका लागि महाधिवेशनस्थल कमलादीमा पनि छलफल भएको थियो ।   

यसैबीच माओवादी केन्द्र केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले निर्वाचन कार्यतालिकाका सम्पूर्ण कार्यक्रम  पनि स्थगित गरिएको बताए ।

निर्वाचन आयोगले शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । 



निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार ८ बजेबाट उम्मेदवारी दिने समय तोकिएको थियो । साढे १० बजे उम्मेदवारको सूची प्रकाशित हुने र निर्वाचनका बाँकी काम भने आइतबार गर्ने तालिका तय भएको थियो ।

यसअघि निर्वाचन आयोगले १ हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको थियो । 



आज मात्रै माओवादीको विधान सर्वसम्मतिले पारित गरेको थियो । पारित विधानअनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ । 

  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार १९:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया