महाराष्ट्रका १० मन्त्री र २० प्रदेश सांसदलाई कोरोना संक्रमण

भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ ।  

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारले अरु २० प्रदेश सांसदलाई पनि संक्रमण भएको जानकारी दिए । 

उनले कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले आम नागरिकस्तरबाट पनि उच्च सतर्कता अपनाइनु पर्नेमा जोड दिए । 

सरकारले लागू गरेका नियमको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको उनको भनाइ छ । 

उनले भने, 'कृपया सरकारको आग्रहलाई पालना गरिदिनु होला, आफ्नै पनि सतर्कता अपनाउनु होला, नत्र अवस्था भयावह हुनसक्छ ।'

महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको र उनीहरूसँग पटकपटक परामर्श भइरहेको जानकारी पनि उनले दिए । 



भारतको महाराष्ट्र प्रदेश कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका संक्रमित पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।



  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार २०:३७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया