पाँचदलीय गठबन्धन चुनावसम्मै : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्म नटुट्ने दोहोर्याएका छन । लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौँ ।’

यही गठबन्धनले स्थानीय ,प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धन सँगै हुनेछ । नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता–कार्यकर्ताको पार्टी भएको दाबी गरे । लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै उनले इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । 

नेकपा एमाले अध्यक्ष केपी वलीलाई इंगित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अब तानाशाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे । अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए । 

उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोल–टोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए । 

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले ओली सामन्तवादी नेता भएको भन्दै ओलीतन्त्रको अन्त्य भएको बताए ।





  • प्रकाशित मिति : पुस १७, २०७८ शनिबार २१:७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया