आजको माैसम : तराईमा बाक्लो हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना
फरकधार / १८ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज पनि देशभर आंशिक बदली रहनेछ ।



पश्चिमी तथा मध्य तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



सोमबार पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भाग हिमपातको सम्भावनाका साथै बिहान तराईमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट जोगिन मौसमविद्ले अनुरोधसमेत गरेका छन् । 









  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार ६:४५:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया