सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणअन्तर्गत आइतबार हुने एक मात्र खेलमा साविक विजेता मछिन्द्र क्लबले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ । एएफसी कप छनोटमा स्थान बनाउनका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।
६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको मछिन्द्र पुलिसलाई हराउँदै शीर्ष स्थानमा उक्लने प्रयासमा हुनेछ । एन्फाले सातौं चरणसम्मको खेलबाट लिगको शीर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने बताएको छ । त्यसैले मछिन्द्रलाई आज जितबाहेक अन्य विकल्प छैन ।
मछिन्द्रले पुलिससँग हार वा बराबरीको नतिजा निकालेको खण्डमा मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप छनोट खेल्नेछ ।
मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको पुलिस पनि मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।