भारतमा एनजीओ/आइएनजीओ माथि कडाई, ६ हजारको नवीकरण रोकियो

भारतले गैर–सरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आइएनजीओ) माथि कडाई गर्न सुरु गरेको छ । 

भारतीय मिडियाका अनुसार भारत सरकारले हालै मात्र ६ हजार एनजीओ तथा आइएनजीओले नवीकरणका लागि दिएको निवेदन अस्वीकार गरेको छ । 

भारत सरकारले ती एनजीओ/आइएनजीओको फरेन कन्ट्रिब्युन रेगुलेशन एक्ट (एफसीआरए) लाइसेन्स नवीकरण नगरेको हो । यो लाइसेन्स नवीकरण नभएपछि ती एनजीओ तथा आएनजीओले विदेशबाट आउने दान लिन पाउने छैनन् । 

अक्सफाम इण्डिया, इण्डियन युथ सेन्टर्स ट्रस्ट, जामिया मिल्लिया इस्लामिया लगायतको लाइसेन्स नवीकरण गर्न सरकारले अस्विकार्य गरेको जनाइएको छ । अक्सफामले भारत सरकारका कारण आफ्नो १६ राज्यमा सञ्चालन गरेको मानवीय तथा सामाजिक कार्य संकटमा पर्ने प्रतिक्रिया दिएको छ । 





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १६:५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया