फ्रान्समा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा ८७४ वटा कार जलाइएको सार्वजनिक भएको छ । यसको पुष्टी फ्रान्स सरकारले गरेको हो ।
फ्रान्सको गृह मन्त्रालयले सन् २०१९ को तुलनामा यस वष जलाइएको कारको संख्या निकै ठूलो रहेको जनाएको छ ।
कार जलाउनेलाई पक्राउ गर्ने र हिरासतमा राख्ने काम जारी रहेको फ्रान्सको प्रहरीले बताएको छ ।
गत वर्ष भने कोरोना नियन्त्रण गर्न लगाइएको कर्फ्युको कारण नयाँ वर्षको दिन कार जलाइएको थिएन ।
नयाँ वर्षको दिन कार जलाउनुलाई फ्रान्समा सामान्य घटनाको रुपमा लिइन्छ । सन् २००५ मा भएको दंगापछि नयाँ वर्षको दिन फ्रान्सका बिभिन्न सहरमा कार जलाउने गरिन्छ ।
यस वर्ष कार जलाउन नदिनको लागि फ्रान्स सरकारले ९५ हजार प्रहरी खटाएको थियो । यस्तै, ३२ हजार अग्नि नियन्त्रक र सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।