मूर्ति नढोग्ने कम्युनिस्ट कार्यकर्ता ओलीको देवत्वकरण गर्दै छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको देवत्वकरण भइरहेको बताएका छन् । व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै उनले ओलीले पनि दम्भ र निरंकुशताको प्रवृत्ति देखाएको आरोप लगाए । 

आइतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले ओलीलाई देवत्वकरण गरेर ‘आई लभ यू केपी बा’ भनिरहेको बताए । १५ वर्षसम्म आफ्नो मातहतमा रहेको व्यक्ति (ओली)ले नै आफ्नो निवेदन र आग्रह नसुनेको अध्यक्ष नेपालको गुनासो थियो । 

‘व्यक्तिको देवत्वकरण भइसकेपछि यो व्यक्तिले आफूलाई देवता ठान्दछ । देवताको अवतार । त्यो घमण्डले चुर चुर हुन्छ,’ नेपालले भने, ‘आजको व्यवहारले त्यो कुरा पुष्टि गरेको छ । दम्भी मान्छे, निरंकुश चरित्रको मान्छे, कुनै पार्टीमा नेता भइसकेपछि पार्टी पूरै कब्जामा लिन्छ ।’ 

एमाले पार्टी गुटमा परिणत भएको र केपीका हनुमान मात्रै बस्ने स्थिति भएको उनको आरोप छ । उनले भने, ‘केपीका भजनमण्डलीको मात्रै त्यहाँ ठाउँ रह्यो । स्वतन्त्र चिन्तनहरु, आफ्नो विचार, धाराणा राख्न चाहनेहरु, पार्टीको भलाइ सोच्नेहरु, समाजको परिवर्तनमा जुट्नेहरु, नेपाल राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरुको त्यहाँ कुनै मूल्य रहेन ।’
 





  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार १८:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया