सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप छनोटमा स्थान सुरक्षित गरेको छ ।
मछिन्द्र जारी लिगको सातौँ चरणसम्म लिगको शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेलको २१औँ मिनेटमा सुनिल बलले गरेको एक मात्र गोल मछिन्द्रलाई जित दिलाउन पर्याप्त बन्यो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातौँ चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी)लाई प्रस्ताव गरेको थियो ।
मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो। मछिन्द्र अघिल्लो संस्करणको लिग विजेता भए पनि एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले नेपालबाट एएफसी कप छनोट खेलको थियो ।
मछिन्द्र ७ खेलमा १७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिदा पराजित पुलिस ६ अंकका साथ ११औँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।