ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् ।
आइतबार बैंकको १५ औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग औपचारिक रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई विदेशमा शाखा खोल्न अनुमति दिनका लागि आग्रह गरे ।
अध्यक्ष ढकालले राष्ट्र बैंकले डलरमा खाता खोल्ने नीति ल्याउनु राम्रो भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान बढी विदेशी मुद्रा आर्जन हुने देशमा शाखा सञ्चालनको अनुमति दिन माग गरे ।
अध्यक्ष ढकालले बैंकले हाल औपचारिक रूपमा विदेशी मुद्रा नेपाल भित्र्याउन केही मुलुकमा शाखाका रूपमा सम्पर्क कार्यालय सञ्चालन गरिए पनि त्यसले पर्याप्त नहुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।