मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अंक जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । 

ए डिभिजन लिगअन्तर्गत सातौं चरणको खेलबाट शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । 

आइतबार भएको सातौं चरणको खेलमा विभागीय क्लब नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले एएफसी कप छनोटका लागि टिकट पक्का गरेको हो । लिगमा मच्छिन्द्रले १७ अंकसहित शीर्षता बनाउँदा मनाङ मर्स्याङ्दी क्लब १६ अंकसहित दोस्रो स्थानमा रह्यो ।

एएफसी कप छनोट हुनका लागि गर या मरको अवस्थामा रहेको मच्छिन्द्रले स्थान सुनिल बलले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । २१ औँ मिनेटमा सुनिल बलले विशाल राईको आकर्षक फ्रिकिकलाई सानदार हेड गर्दै अग्रता दिलाएका थिए । सुनिलको यो जारी लिगमा पाँचौं गोल हो । 

उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उल्किएका छन । सोही अग्रता मच्छिन्द्रले अन्तिमसम्म जोगाउँदा पुलिस भने  स्तब्ध हुन पुग्यो । अग्रता लिइसकेको मच्छिन्द्रले दोस्रो हाफमा पनि केहि राम्रा मौका बनाए पनि सदुपयोग गर्न सकेन ।



जितपछि मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङभन्दा १ अंकले अघि रहेको छ । मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा छ । 

लिगमा सोमबार पनि सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा फुटबल क्लबबीच दशरथ रंगशालामा हुनेछ । 



  • प्रकाशित मिति : पुस १८, २०७८ आइतबार २०:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया