‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाको सामना गर्दै सातदोबाटो

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार एक मात्र खेल हुँदैछ । सातौं चरणको अन्तिम खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्  ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै अंक तालिका सुधार गर्ने प्रयासमा छन् ।

तेस्रो जितको खोजीमा रहेको सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा छ । पछिल्लो खेलमा लय गुमाएको सातदोबाटो हिमालयनलाई हराउँदै आफ्नो आत्मविश्‍वास फर्काउने सोचमा छ ।

तेस्रो जितकै खोजीमा रहेको हिमालयन पनि ६ खेलमा ८ अंकका साथ आठौं स्थानमा छ । पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको हिमालयन सातदोबाटोविरुद्ध पनि त्यसलाई कायम राख्न चाहन्छ । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार ८:३४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया