सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदुकले पदबाट राजीनामाको घोषणा गरेका छन् । सेनासँगको विवादास्पद सम्झौतापछि पुनः पदमा फर्किएका उनले ६ सातामै राजीनामा दिएका हुन् ।
गत अक्टोबरमा सेनाले शक्ति आफ्नो हातमा लिएर हमदुकलाई उनकै निवासमा नजरबन्द गरिएको थियो । तर, कुको नेतृत्वकर्ताहरूसँग शक्ति बाँडफाँडसम्बन्धी एउटा सम्झौतापछि हमदुकको पुनर्बहाली गरिएको थियो ।
उनी गत नोभेम्बरमा प्रधानमन्त्रीमा पुनर्बहाली भएका थिए ।
प्रदर्शनकारीहरूले हमदुक र सेनाबीचको सम्झौताको विरोध गर्दै पूर्ण रूपमा नागरिक शासनको माग गरेका छन् । लगातार दोस्रो दिन प्रदर्शन भएपछि हमदुकले पदबाट राजीनामा गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो प्रदर्शनका क्रममा सुडानमा दुईजनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।