सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ६०० सय रुपैयाँ कायम भएको छ । आइतबार तेजाबी सुन आइतबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।