रामकुमारी झाँक्रीको ‘पिर्के सलामी’

सहरी विकासमन्त्री रामकुमारी झाँक्री पछिल्लो समय युवाहरूबीच लोकप्रिय हुँदै थिइन् । लोकप्रिय हुनुको कारण हो, उनले समाजमा चल्दै आएका कतिपय विषयमाथि कडा व्यंग्य गरिन्, कडा आलोचना गरिन् । 

केही समयअघिको कुरा हो, नेपालमा स्थानीय जनप्रतिनिधि, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्री र संघीय सरकारका मन्त्रीहरूको एउटा तस्वीर निकै भाइरल हुन थालेको थियो । त्यो हो, उनीहरूले लिएको पिर्के सलामी ।

यस्ता घटनाहरूलाई रामकुमारी झाँक्री चाहिँ चर्को विरोध मात्र गर्दिनथिन्, सामाजिक सञ्चालमा नै यसबारे लेख्थिन् । त्यसैले पनि हुनुपर्छ, युवा नेताहरूको सूची बनाउँदा रामकुमारीको नाम पनि युवाहरूले छुटाउँदैनथे । 

तिनै झाँक्री अहिले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी सचिव बनेकी छिन् । अनि सरकारमा रहेको यो दलकोतर्फबाट उनले सहरी विकासमन्त्रीको जिम्मेवारी पनि सम्हालेकी छिन् । 

सहरी विकासमन्त्री भए पछि रामकुमारीले दिएका अभिव्यक्तिहरु निकै धेरै चर्चामा आउन थालेका छन् । केही दिनअघि उनी गुल्मीमा पुगेर नेकपा एमाले सम्झिएर रोएको घटना पनि चर्चामा आएको थियो । 

अब गुल्मीमा नै उनले पिर्के सलामी लिएको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । पिर्के सलामी अर्थात् उनी पिर्कामा उभिएकी छिन् र अगाडि केही प्रहरी जवानबाट सलामी लिएकी छिन् । 



झाँक्रीको यो तस्वीर हो, गुल्मीको मदाने गाउँपालिकाको । गाउँपालिकाको इलाका प्रहरी कार्यालय पुर्कोट दहमा आखिर किन पिर्के सलामी लिइन्, झाँक्रीले ? यस विषयमा अहिलेसम्म उनले केही बताएकी छैनन् । 



  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १३:१०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया