पाकिस्तानका मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

पाकिस्तानका अल राउण्डर तथा टिमका पूर्व कप्तान मोहम्मद हफीजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । 

पाकिस्तानको टिमबाट ५५ टेस्ट, २१८ वानडे र ११९ टि–२० खेल खेलेका हफीजले आफ्नो करियरको सुरुवात १८ वर्षको उमेरका गरेका थिए । 

उनले राष्ट्रिय जर्सीमा २००३ अप्रिल ३ मा शारजाहमा जिम्बाब्बे विरुद्ध पहिलो खेल खेलेका थिए । 

‘म आज गर्व र सन्तुष्टिका साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिंदै छु । मैले आफूले सोचेभन्दा बढी सफलता प्राप्त गरें । म सबैलाई धन्यावाद दिन चाहन्छु,’ हफीजले भनेका छन् । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १३:१५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया