सलमान खानले किन सधैं लगाउँछन् ब्रासलेट ?

बलिउड अभिनेता सलमान खानबारे अनेक किसिमका किस्सा बजारमा आइरहेका हुन्छन् । यहीबीच कतिपय कुराले लामो समयसम्म पनि चर्चा पाइरहेका हुन्छन् । तर, कतिपय उनका कुरा अहिलेसम्म पनि गोप्य नै छन् । 

विभिन्न कार्यक्रममा जाँदा उनलाई अनेक प्रश्न पनि गरिन्छ । कहिलेकाहीँ त उनी खुलेर यस विषयमा चर्चा पनि गरिरहेका हुन्छन् । जस्तो पछिल्लो समय उनले आफ्नो ब्रासलेटबारे चर्चा गरेका छन् ।

नगरुन् पनि किन उनको यो रूप र ब्रान्डबारे बारम्बार चर्चा मात्र हुँदैन, कतिपयले यसको कपी पनि गरिरहेका हुन्छन् । सलमानको यस्तै सिग्नेचर ब्रान्डहरूमध्ये एक हो- उनको ब्रासलेट ।

लामो समयदेखि सलमान खानको ब्रासलेटको चर्चा उनका प्रशंसकहरूबीच भइरहेको हुन्छ । तर, खासमा यो ब्रासलेट किन त्यस्तो विशेष छ ? किन उनी यो ब्रासलेट लगाउँछन् त ? यसबारे उनलाई उनकी एक प्रशंसकले पनि सोधेकी छिन् । 

त्यसको जवाफमा सलमान खानले भनेका छन्, ‘यो मेरालागि किन विशेष छ भने यो पहिले मेरो पिताजीले लगाउने गर्नुहुन्थ्यो । म पहिले योसँग निकै खेल्ने गर्थें । पिताजीको हात यसका कारण कुल लाग्थ्यो । अनि मैले नै उहाँले बनाइदिएपछि ब्रासलेट लगाउन थालेको हुँ ।’

सलमानले आफ्नो यो ब्रासलेट अझ विशेष हुनुको कारण त्यहाँ भएको पत्थर भएको पनि बताएका छन् । अनि आफूले लगाइरहेको ब्रासलेट सातौं भएको पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १४:३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया