ए डिभिजन लिग : हिमालयन शेर्पाकाे तेस्राे जित

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा लिगको पाँचौं स्थानमा उक्लिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १-० को जित हात पारेको हो । 

४५औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टीमार्फत् गरेकाे एक मात्र गोल हिमालयनलाई जित दिलाउन पर्याप्त बन्याे।

सातादोबाटोका पिटर सेगुनले ‍त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।

थप गरिएको समयमा मार्टिन एडेल्फे पेनाल्टीमा चुक्दा सातदोबाटो पराजित हुन पुग्यो । जीवन गुरुङले मार्टिनलाई नै लडाएपछि प्राप्त पेनाल्टीमा उनैको प्रहार हिमालयन शेर्पाका गोलरक्षक दीप कार्कीले सहजै नियन्त्रणमा लिए ।

तेस्राे जितसँगै सात खेलमा हिमालयन शेर्पाले ११ अंक जाेडेकाे छ । पराजित सातदोबाटोकाे समान खेलबाट ८ अंक छ ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १५:१५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया