१२ हजार ४ सय ९८ को परीक्षण गर्दा ३ सय २६ संक्रमित

नेपालमा पछिल्लो २४ घन्टामा ३ सय २६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १२ हजार ४ सय ९८ जनाको परीक्षण गर्दा नेपालमा ३ सय २६ जना कोरोना संक्रमित भेटिएका हुन् । 

पछिल्लो २४ घन्टामा नै नेपालमा कोरोनाका कारण २ जनाको निधन भएको छ ।

त्यस्तै, यही समयमा २ सय ५५ जनाले कोरोनाभाइरस संक्रमण जितेका छन् ।

नेपालमा पछिल्लो समय देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमितको संख्या अहिलेसम्म ३ पुगेको छ ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:३२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया