विभिन्न व्यक्तिहरूलाई कोरोना भाइरसविरुद्धको खोपको थप मात्रा दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई थप मात्रा दिन लागेको हो ।
मध्यम तथा गम्भीर रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू, सक्रिय क्यान्सर रोगीहरू, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिलाई बुस्टर डोज खोप दिन लागिएको हो ।
यसअघि जुन खोप लगाएको सोही प्रकृतिको खोपको थप मात्रा दिन लागिएको हो । उनीहरूले यसअघि खोप लगाएको कार्डसहित नजिकको स्वास्थ्य स्वास्थ्य वा खोप केन्द्रबाट खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोपको पूर्ण मात्रा लगाएर तीन महिना पूरा भइसकेका व्यक्तिहरूलाई बुस्टर डोज दिन लागिएको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् ।
नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ५३.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । भने ७१.१ प्रतिशत जनसंख्याले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।