भक्तपुरको एक सहकारीबाट रकम चोरी भएको छ ।
सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो ।
अज्ञात समूहले सहकारीको दराजमा राखेको नगद गएराति ढोका फुटाएर चोरी गरेको र त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत जगातीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।