महिलाले किन खानुपर्छ दैनिक एउटा शरिफा ?

एजेन्सी— पोषक तत्वले भरिपूर्ण हुन्छ शरिफा । खासमा यो फल महिलाले आफ्नो आहारमा सामेल गर्नै पर्ने भन्ने धेरै चिकित्सकहरुले भनिरहेका हुन्छन् । यसको कारण हो, यसले स्वास्थ्यलाई गर्ने फाइदा । 

खासमा शरिफा गुणको खानी हो । यसमा भिटामिनमात्र होइन, पोटासियम, म्याग्नेसियदेखि लिएर मुटुरोगबाट बचाउने तत्व पनि हुन्छ । यो स्वादिष्ट पनि बहुतै हुन्छ । 

गर्भावस्थामा त शरिफाको सेवन गर्दा भ्रुणको मस्तिष्क, दिमाग तथा प्रतिरक्षा प्रणालीलाई पनि धेरै राम्रो प्रभाव पार्छ, त्यसको विकासका लागि पनि यसले सहयोग गर्छ । शरिफामा हुने म्याग्नेसियमका कारण पनि यसलाई खानका लागि चिकित्सकहरु बढी प्रोत्साहन गर्छन् । प्रतिरक्षा प्रणालीलाई अझ बलियो बनाउन पनि यो निकै महत्वपूर्ण हुन्छ । यसले टाइप २ डायबेटिजको नियन्त्रणमा पनि सहयोग गर्छ । 





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार २०:५८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया