राष्ट्रियसभा निर्वाचन प्रदेश-२ : जसपा, माओवादी र एमालेले टुंग्यायो उम्मेदवार

जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश-२ मा आफ्नो उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनको लागि जसपा नेपालले खुला समूहबाट सिराहाका मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपाका नेतासमेत रहेका प्रदेश-२ का अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

त्यस्तै, नेकपा एमालेले खुला समूहबाट धनुषाका अर्सफी भिनबार यादव र महिला समूहबाट रौतहटकी वीणा साहलाई उम्मेदवार बनाएको छ । उता, नेकपा माओवादी केन्द्रले भने उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । उनले आज उम्मेदवारको टुंगो लगाएका हुन् । 

प्रदेश-२ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो । 

प्रदेश-२ मा लोसपा नेपालले भने समाचार तयार पार्दासम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ११:६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया