दिल्लीका मुख्यमन्त्री केजरीवाल कोरोना संक्रमित

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । उनले आफै ट्वीट गरी कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

‘मेरो कोभिड परिक्षण नतिजा पोजेटिभ आएको छ । हल्का लक्षणहरु छन् । मैले आफूलाई घरमा आइसोलेट गरेको छु । जो व्यक्ति पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आउनु भएको थियो उहाँहरुलाई म आइसोलेशनमा बसेर कोभिड परिक्षण गर्न अनुरोध गर्दछु,’ केजरीवालले ट्वीटरमा लेखेका छन् । 

भारतमा पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेको छ । खासगरी दिल्ली, मुम्बई जस्ता ठूला सहरमा संक्रमण बढेको छ । 

पछिल्लो चौबिस घण्टामा भारतमा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण भएको पाइएको छ । उक्त समयमा दिल्लीमा ४ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

भारतले हालसम्म १ अर्ब ५२ करोड ९६ लाख डोज कोरोना खोप जनतालाई लगाइसकेको छ । 





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार ११:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया