नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन ९०० ले घटेर ९२ हजार २०० रुपैयाँ तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज १५ रुपैयाँ घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।