राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । हेटौँडा–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्ता गठबन्धनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद पौडेल र महिलामा नेकपा एकीकृत समाजवादीबाट मकवानपुरकी गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेल नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवसमेत हुन् । २०७४ सालमा शेरबहादुर देउवा सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको भए पनि राष्ट्रपतिबाट मनोनयनमा परेका थिएनन् ।
एमालेको तर्फबाट गोपाल शाक्य र महिलामा नीरु दर्लामीले उम्मेदवारी दिँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।