राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट तीन जनाको उम्मेदवारी

राष्ट्रियसभाको निर्वाचनका लागि आज प्रदेशहरूमा मनोनयन दर्ता भइरहेको छ । यसबीच लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता भएको छ ।

सत्तारूढ गठबन्धनको तर्फबाट लुम्बिनी प्रदेशमा कांग्रेसका युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । उनी बाँकेका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट राज्यलक्ष्मी गैरेले उम्मेदवारी दिएकी छन् । उनी पाल्पाका हुन् । राष्ट्रिय जनमोर्चा (राजमो) बाट तुलबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गरेका छन् । उनी रूपन्देहीका हुन् ।

प्रदेश निर्वाचन कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।





  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १४:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया